काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । संस्थाले हकप्रद सेयर निष्कासन गर्नेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्न वार्षिक साधारणसभाको आहृवान गरेको हो ।
सो अनुसार संस्थाले आगामी जेठ १० गते होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बाँकेमा सातौँ वार्षिक साधारणसभा गर्ने छ । सभाले हकप्रद सेयर निष्कासनको प्रस्तावका साथै अन्य लघुवित्त संस्थाहरूसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सञ्चालक समितिबाट नियुक्ति भएका सञ्चालकको बाँकी कार्यकालको लागि अनुमोन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने छ ।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । सो अनुसार वैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन सक्ने संस्थाले जानकारी दिएको छ ।