काठमाडौं । दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेलमार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरू उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार दराज ५.५, बिग समर सेल सोमबार बेलुका ८ बजेदेखि सुरु भएको छ भने वैशाख २६ गतेसम्म सञ्चालन हुने छ । यस अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा ५५ लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् । अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
दराज सेलमा विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फबाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्रान्डहाउस, होनसा र मिनिमलिस्टका तर्फबाट ६० प्रतिशतसम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तर्फबाट ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ । ग्राहकहरूले आफ्ना इच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ ।