काठमाडौँ , नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन्।
नव–नियुक्त श्रेष्ठ यसअघि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।यसअघि कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य रहेका थिए। तर सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम उनी स्वतः पदमुक्त भएका थिए। शाक्य पदमुक्त भएपछि प्राधिकरणको नेतृत्वमा तत्कालै नयाँ निमित्त कार्यकारी निर्देशकका रूपमा दीर्घायु श्रेष्ठलाई नियुक्त गरिएको हो।