काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ९३ लाख ७६ हजार सात सय ६२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ८६ लाख ९२ हजार सात सय ७४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा चार अर्ब ५६ करोड ७७ हजार नौै सय ७७ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब २९ करोड १९ लाख ८३ हजार चार सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६६ करोड पाँच लाख ४५ हजार नौ सय ७६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले पाँच अर्ब १० करोड १२ लाख ३९ हजार तीन सय ९४ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८५ करोड ४७ लाख ६५ हजार ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४८ करोड ५९ लाख १९ हजार छ सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २६ प्र्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।