काठमाडौं । सामसङ स्मार्ट प्लाजाले ललितपुरको इमाडोल आफ्नो नयाँ पन्धौँ आउटलेट संचालनमा ल्याएको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमका बीच सो आउटलेटको औपचारिक उद्घाटन गरेको हो ।
उक्त सोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ; गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा; तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा सामसङका प्रवन्ध निर्देशक जङले विभिन्न उत्पादनहरूमा २४ महिनासम्मको ई एम आई सुविधाको विस्तारसँगै अब अझ धेरै नेपाली परिवारहरूले प्रिमियम स्मार्टफोन, टिभी र होम अप्लायन्सहरू थप वित्तीय लचकताका साथ प्राप्त गर्न सक्ने बताए । सामसङको ओम्नी–च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खुद्रा अनुभवलाई एकीकृत गर्ने प्रयास गरिएको उनको भनाई छ । उनले सामसङ प्लाजाको वेवसाईट सजिलै अनलाइन अर्डर गर्न सकिने पनि जानकारी दिए । नयाँ सामसङ स्मार्ट प्लाजाले विशेषज्ञ मार्गदर्शनसहित आधुनिक किनमेल वातावरण प्रदान गर्ने जनाईएको छ । यसमा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्स र उन्नत इलेक्ट्रोनिक्ससहित सामसङका आधिकारिक उत्पादनहरूको उपलब्ध छ ।