फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु. एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले उक्त भेटी वैशाख महिनामा सङ्कलन भएको जनाएको छ । पाथीभरामा चैत र वैशाखमा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो ।