काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ३६ लाख नौ हजार एक सय ८१ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५७ लाख ३७ हजार चार सय ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९२ करोड ४१ लाख १३ हजार आठ सय ६० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १० करोड ६५ लाख ८८ हजार २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ५४ लाख ४७ हजार आठ सय ४२ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ८३ करोड ७४ लाख ६६ हजार पाँच सय ३२ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७३ करोड १८ लाख ४५ हजार ५५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८४ लाख ६० हजार आठ सय ८५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।