काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २७ लाख २५ हजार पाँच सय ५२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड दुई लाख १२ हजार आठ सय १४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा १७ अर्ब ४० करोड ५७ लाख ७४ हजार आठ सय ३२ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५३ करोड दुई लाख ९६ हजार सात सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा एक अर्ब ४१ करोड १४ लाख ६५ हजार नौ सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १५ अर्ब ८५ करोड ९६ लाख ८४ हजार चार सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६६ करोड २२ लाख ९१ हजार दुई सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २५ करोड ४० लाख ५४ हजार एक सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।