काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले व्यावसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका अनुसार पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा संस्थाको व्यवस्थापनमा यही वैशाख ४ गतेदेखि ३० गतेसम्म कोशी प्रदेशअन्तर्गत रहेका छवटा जिल्लाको उक्त तालिम दिइएको हो ।
कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयहरू ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र संखुवासभाका दुई सय ३० जनालाई बंगुर पालन, बाख्रा पालन तथा पशुपालक सदस्यहरूलाई छ दिने स्थलगत तालिम दिएको संस्थाले जानकारी दिएको छ । तालिममार्फत ग्रामीण महिला सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो । यो तालिमबाट सहभागी पशुपालक सदस्यहरूको दीर्घकालीन रूपमा आय वृद्धि हुने विश्वाससमेत लिइएको छ ।