काठमाडौं । रमेश कर्पअन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रालिले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्वर्ट टिओनले सम्बोधन गरेका थिए । ‘द कनभरफरेन्स’ कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरू सहभागी भएका थिए । कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विश्वव्यापी व्यावसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य प्रस्तुत गरिएको थियो ।