काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा कम्पनीले सोरुम संचालनमा ल्याएको हो । नयाँ सोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनौट गर्ने मुख्य गन्तव्य बन्ने कम्पनीको विश्वास छ । सोरुमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुईँटेलको उपस्थितिमा गरिएको थियो । नयाँ सोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकताअनुसारको छनौट गर्न सक्नेछन् । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै घर निर्माण वा सजावटको सपनालाई साकार पार्ने बताए ।