काठमाडौं । साओमीले कृत्रिम एआईमा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् । साओमी ट्याग केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन उपयोगी उपकरण हो । विशेष ट्र्याकिङ अनुप्रयोगमार्फत यसलाई विभिन्न उपकरणहरूसँग प्रयोग गर्न सकिन्छ, उसले हराएको सामानको स्थान अझ सटीक रूपमा पत्ता लगाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । सुरक्षित र भरपर्दो प्रयोगका लागि यसमा सांकेतिक रूपमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङसम्बन्धी चेतावनी प्रणाली तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्रीको सुविधा रहेको छ । आईपी ६७ क्षमताका कारण धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले घाम, पानी, धुलो तथा दैनिक प्रयोगका सामान्य झट्का र साना दुर्घटनाहरू सहजै सहन सक्छ ।
यस्तै रेड्मी हेडफोन नियोले दैनिक रूपमा अझ स्मार्ट, गहिरो र अवरोधरहित सुनाइ अनुभव प्रदान गर्छ । यसमा ४२ डेसिबलसम्मको अनुकूलनशील सक्रिय ध्वनि नियन्त्रण सुविधा रहेको छ, यसले वरपरका अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्ने जनाएको छ । उच्च गुणस्तरको तारयुक्त अडियो सुविधाले ध्वनिलाई अझ स्पष्ट र समृद्ध बनाउँछ भने ४० मिलिमिटरको गतिशील ड्राइभरले गहिरो बास, शक्तिशाली ध्वनि र पूर्ण श्रव्य अनुभव प्रदान गर्छ । पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म बारम्बार चार्ज नगरी प्रयोग गर्न सकिन्छ । यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहितका तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउँछन् ।
कम्पनीका अनुसार रेड्मी हेडफोन नियो कालो र हल्का सेतो (स्यान्ड ह्वाइट) रंगमा उपलब्ध छ । यसको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, साओमी ट्यागको मूल्य २ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।