बाँके । सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुर्ताल, नेपालगञ्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटालगायतको उपस्थिति थियो ।उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरूको भुक्तानीजस्ता कामहरू हुनेछ । सुजाता खरेलले उक्त शाखा हेर्नेछिन् । कार्यक्रमको सञ्चालन सहायक कर्जा अधिकृत गोपाल ओलीले गरेका थिए ।