काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ६२ दशमलव ४६ अंकमा पुगेर रोकिएको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय १० दशमलव आठ अंकमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ९६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ४५ हजार नौ सय ८० पटकको कारोबारमा तीन करोड ३१ लाख ६५ हजार आठ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम नौ अर्ब आठ करोड ६४ लाख १० हजार पाँच सय एक रुपैयाँ पुुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ९५ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख १८ हजार सात सय ६६ पटकको कारोबारमा पाँच करोड ४० लाख ४५ हजार चार सय ३५ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम १४ अर्ब ५३ करोड १६ लाख १० हजार चार सय एक रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये दोस्रो र अन्तिम कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिन सेयर बजार ओरालो लागेको थियो । पहिलो दिन घटेको थियो । दोस्रो दिन बढेको थियो । तेस्रो दिन घटेको थियो । चौथो दिन पनि घटेको थियो । पाँचौं दिन बढेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक १३ दशमलव ३७ अंकले ओरालो लागेर १५ सय ७६ दशमलव २७ अंकमा झरेको थियो । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले ओरालो लागेर तीन सय ११ दशमलव ७३ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक एक दशमलव ७४ अंकले उकालो लागेर १५ सय ७८ दशमलव एक अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३७ अंकले उकालो लागेर तीन सय १३ दशमलव १० अंकमा चढेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक नौ दशमलव ४२ अंकले ओरालो लागेर १५ सय ६८ दशमलव ५९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले ओरालो लागेर तीन सय ११ दशमलव ४१ अंकमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक सात दशमलव ४२ अंकले ओरालो लागेर १५ सय ६१ दशमलव १७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ७५ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक एक दशमलव २९ अंकले उकालो लागेर १५ सय ६२ दशमलव ४६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३३ अंकले उकालो लागेर तीन सय १० दशमलव आठ अंकमा चढेको थियो ।
यस साता मुक्तिनाथ विकास बैंक, अरुण कावेली पावर लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता एनएमबी लघुुवित्त वित्तीय संस्था, हिमालयन बैंक, जनरल इन्स्योरेन्स कम्पनी र स्वावलम्बन लघुुवित्त वित्तीय संस्थाको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् ।