काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १४ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पछिल्लोपटक बसेको सञ्चालक समितिको ४०३औँ बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सात प्रतिशत बोनस सेयर र चार दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ । चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।