काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड २२ लाख २२ हजार एक सय ३३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ७६ लाख ४१ हजार दुई सय ८८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३३ रुपैयाँ २३ पैसा रहेको थियो ।