काठमाडौं । एभरेष्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले पाँच प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ । बैंकको यही कात्तिक १९ गते बुुधबार बसेको सञ्चालक समितिको तीन सय २२औं बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।