काठमाडौं, पुस १५ नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले मोरङको रंगेलीमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार सोमबार एक समारोहबीच उक्त स्थानमा शाखा खोलिएको हो । यो समेत गरी बैंकको कुुल शाखा संख्या एक सय २१ वटा पुुगेको छ । आसपासका क्षेत्रमा सेवा पु-याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरू सरल तथा सुलभरूपमा प्रदान हुने जानकारी बैंकले दिएको छ ।