काठमाडौं ।
नेपाल एसबीआई बैंकले विद्युतीय उपकरण सहयोग गरेको छ । बैंकले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, बिर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरू प्रदान गरेको छ । विसंं २०६७ सालमा सञ्चालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरूलाई आश्रय दिएको छ ।
संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमारद्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई उक्त सामानहरू हस्तान्तरण गरेका हुुन् । उक्त समारोहमा नेपाल एसबीआई बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति थियो ।