काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज बुुधबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतले खरिद गर्नसक्ने गरी उक्त निक्षेप उपकरण जारी गर्न लागिएको हो । बिक्री गरिने उपकरणको परिपक्व हुुने अवधि २८ दिन तोकिएको छ भने सावाँ तथा व्याज भुक्तानी अवधि २०७७ पुस १५ गते तोकिएको छ । खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार खरिद गरिएको उपकरण नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा पनि राख्न सकिनेछ । खरिद गरिएको उपकरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानी पोर्टफोलियो हुुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइनेछैन । तर राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने तरलता अनुपातमा गणना गर्न पाइनेछ ।