काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले छ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजीको छ प्रतिशतको अनुुपातमा १० करोड ८७ लाख ८७ हजार छ सय ३२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समिपतको यही पुुस एक गते बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।