काडमाडौं, पुस २०
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १० दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँबाट पाँच प्रतिशत अर्थात पाँच करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर र पाँच दशमलव पाँच प्रतिशत अर्थात पाँच करोड ६४ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुस १५ गते बसेको दुई सय ४७ औं बैंठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।