काठमाडौं । नागार्जुन नगरपालिका २ ठूलोभ-याङ्गस्थित एनआईसी एसिया बैंकको एटीएम फोडी चोरी गर्नलागेको अवस्थामा काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका धानुुकको साथबाट एटीएम फुटाउन प्रयोग भएको रेन्चो, पाइप, हथौडालगायतका सामग्रीहरु बरामद भएको छ ।