काठमाडौं ।
सेयर बजार परिसूचक साताको दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक १७ दशमलव ३१ अंकले उकालो लागेर २३ सय ३२ दशमलव ३२ अंकको रेकर्ड कायम गरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले उकालो लागेर चार सय ४५ दशमलव ६१ अंकमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूह अन्तर्गतका दुई सय सातवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ५१ हजार आठ सय १३ पटकको कारोबारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।
यसदिन कुल १२ वटा उपसमूहको कारोबार भएकोमा जलविद्युत समूहको सूचक ११ दशमलव ५२ अंकले ओरालो लागेर १७ सय ६४ दशमलव ६१ अंकमा झरेकोमा बाँकी समूहको सूचक उच्च अंकले उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ८१ अंकले उकालो लागेर १७ सय ३८ दशमलव ३७ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ५० दशमलव ४५ अंकले उकालो लागेर २५ सय ४७ दशमलव ५२ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय २६ दशमलव १३ अंकले उकालो लागेर १० हजार आठ सय ८० दशमलव ९९ अंकमा पुुगेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९९ दशमलव ४७ अंकले बढेर १५ हजार ७४ दशमलव ५० अंकमा पुगेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः एक सय ८१ दशमलव चार, एक, ५० दशमलव ४५, २२ दशमलव ५८, २१ दशमलव चार, ११ दशमलव ४२, एक सय दशमलव एक र शून्य दशमलव २५ अंकले उकालो लागेका छन् ।
यसदिन दिन कारोबार भएका दुई सय सातवटा कम्पनीहरूमध्ये सबैभन्दा बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सिभिल लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको विशाल बजार कम्पनीको पनि प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन हजार ८५ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेर एक सय ६२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको मूल्य पनि तीन दशमलव ८३ प्रतिशतले घटेर छ सय ७८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सांग्रिला डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन प्रभुु बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । बैंकको प्रतिकित्ता चार सय ४६ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ४६ लाख ९४ हजार सात सय ९८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता १३ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ८५ लाख २४ हजार तीन सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ ।
यीबाहेक एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएको छ । नेप्सेका अनुसार यसदिन बैंक अफ काठमाडौँको १३ प्रतिशत अर्थात् एक करोड ११ लाख १२ हजार आठ सय ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।