काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंकले छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । बैंकले यही माघ १३ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।
अधिकृत पुँजी ५३ करोड रुपैयाँ रहेको बैंकको जारी पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँ रहेको छ भने चुक्ता पुँजी छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने बैंकको चुक्ता पुँजी १३ करोड १२ लख ३३ हजार आठ सय रुपैयाँ पुग्ने छ । बैंकको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।