काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँंको गैरीधारास्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख बिजनेस सपोर्ट, पेमेन्ट सोलुसन्स सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले चितवन, पोखरा र काठमाडौँंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत होटल बसाइ सेवाको भुक्तानी गर्दा ३५ प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरू तथा क्यासब्याक योजनाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।