काठमाडौं  । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले छ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब छ करोड ८२ लाख ८८ हजार रुपैयाँमध्येबाट तीन प्रतिशत अर्थात् तीन करोड २० लाख ४८ हजार सात सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी कुल तीन दशमलव ७५ प्रतिशत अर्थात् चार करोड ६० हजार आठ सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।