काठमाडौं, पुस २५
महालक्ष्मी विकास बैंकले विद्याआश्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दैे आइरहेकोमा सोही कार्यलाई निरन्तरता दिँदै सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई एक लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा बिहीबार सम्पन्न एक कार्यक्रमका बीच बैैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्वप्रहरी महानिरिक्षक मोतिलाल बोहोरालाई उल्लिखित रकमको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरूका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।