काठमाडौं । सेयर बजार परिसुचक २६ अंकले माथि चढेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक ४३ दसमलव ३६ अंकले उकालो लागेर २६ सय १९ दसमलव दुई अंकमा चढेको हो । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ४८ अंकले उकालो लागेर चार सय ६३ दसमलव ५९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६७ हजार एक सय ५२ पटकको कारोवारमा एक करोड १२ लाख ८१ हजार आठ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब १६ करोड ६९ लाख ५७ हजार तीन सय १८ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधवार कारोवार भएका कुल उपसमुह मध्ये ट्रेडिङ समुहको सुचक ओरालो लागेर बाँणिज्य बैंक, बिकास बैंक, लघुबित्त, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा उपसमुहको सुचक उकालो लागेकाछन ।