काठमाडौं ।
आईएमईका कर्मचारी लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आईएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद छ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर भर भएका १७ वर्षीय किशोर लगायत चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद ५९ हजार सात सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।