काठमाडौं ।
कृृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । बैंकका अनुसार नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा मैनाली मनोनयन भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथग्रहण गराएका छन् । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू डा. हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईं, कृषि विकास बैंक लि.का कामु उपमहाप्रबन्धक प्रताप सुवदी, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)