काठमाडौँ ।
सानिमा बैंकले नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरूको लागि ‘नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको हो । अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।
यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् १५ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका निरजराज श्रेष्ठ र दराज केयमु प्रालिको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमा गई आवेदन दिन सकिन्छ । बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटीएम सञ्चालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।