काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७८ करोड ३४ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड २० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ८८ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ लाख ८० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने सात दशमलव ८६ प्रतिशतको स्प्रेड दर रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने ६१ करोड छ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८१ करोड ७८ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८१ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २९ लाख ४३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३६ प्रतिशत रहेको थियो । यस अवधिमा संस्थाको स्प्रेड दर आठ दशमलव ५२ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)