इस्लामावाद ।
पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षभन्दा गम्भीर बिरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका बिरामीहरुको तुलनामा यस वर्ष कम्तीमा पनि ५७ प्रतिशतले बिरामी बढेको पाइएको बताएका हुन् ।
सिन्ह्वाका अनुसार पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका बिरामी भएर भेन्टिलेटरमा रहेको संख्या पाँच हजारभन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले पाँच हजार तीन सय ६० जना कोभिडका बिरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ । पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।