काठमाडौं ।
मारुती सिमेन्ट ५३ ग्रेड पाउने नेपालकै पहिलो ओपीसी सिमेन्ट बन्न सफल भएको छ । हालै सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्नपुगेको हो ।
कम्पनीले यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको थियो । कम्पनी दुवै ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको छ । कम्पनीका अनुसार अब यो नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ । आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुद बनाउँदै लैजाने कम्पनीका व्राण्ड एण्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले बताए ।
मारुती सिमेन्ट आजभन्दा १५ वर्षअगाडि नै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मनटेक्नोलोजीद्वारा अन्तर्राष्ट्रियस्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट– मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।