काठमाडौं ।
सेयर बजार परिसुुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ५४ अंकले उकालो लागेर २६ सय ६५ दसमलव १० अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दसमलव ७८ अंकले उकालो लागेर चार सय ७७ दसमलव ८१ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ८३ हजार चार सय चार सय चार पटकको कारोवारमा एक करोड ५८ लाख ३२ हजार चार सय तीन कित्ता सेयर किनबेच भएका छन् । जसबाट यसदिन कुुल कारोवार रकम सात अर्ब ३६ करोड आठ लाख पाँच हजार रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहको कारोवार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै उपसमुहको सुचक उकालो लागेर बजार पुरै हरियो भएको छ ।