काठमाडौं ।
प्रभु इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त कम्पनीले साताको पहिलो कारोबार दिन आइतबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय ८४ रुपैयाँ तोकेको छ ।
पछिल्लो पटक प्रतिकित्ता नौ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको कम्पनीको बजार बजार पुँजीकरण १० अर्ब १० करोड ८५ लाख ५० हजार १० रुपैयाँ पुगेको छ ।
नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १६ करोड १९ लाख दुुई हजार तीन सय रुपैयाँबराबरको एक करोड १६ लाख १९ हजार २३ कित्ता सेयर सूचीकृत रहेको छ ।