काठमाडौं ।
सेयर बजार परिसुचक २७ सय अंकबाट पनि माथि चढेको छ । साताको पहिलो कारोवार दिन आईतबार सेयर बजार परिसुचक ५४ दसमलव २१ अंकले उकालो लागेर २७ सय ३८ दसमलव २९ अंकमा चढेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ६४ अंकले उकालो लागेर चार सय ८८ दसमलव १४ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १४ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख १३ हजार ६९ पटकको कारोवारमा दुुइ करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।