काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई पुनः नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्षमा पुनः नियुक्त भएका डा. कँडेललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए । नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

केही दिनअगाडि बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरिएको छ । शपथ ग्रहणपछि डा. कँडेलले पदभार ग्रहण गर्दै मुलुकका ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेका छन् ।