काठमाडौं ।
सारथी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ५५ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड पाँच लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८१ करोड ९९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५० करोड ४१ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ३६ करोड ९३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३४ करोड २८ लाख ३९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १३ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले तीन करोड १३ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव १४ प्रतिशत रहेको थियो ।