काठमाडौं, माघ ५
सनराइज बैंकले भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको छ । योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट र क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।
सो अनुसार बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।