काठमाडौं ।
महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकका अनुसार सञ्चालक समितिको यही असार १८ गते बसेको चार सय ९०औं बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकका अनुसार नवनियुक्त सञ्चालक श्रेष्ठको कार्यकाल यही असार २१ गते अर्थात् आइतबार लागू भएको छ । बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव रहेको श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी थिइन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी श्रेष्ठ बैंक तथा वित्तीय संस्था संघमा लामो समयसम्म आबद्ध रहेकी थिइन् । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा वित्तीय परामर्शदाताको रूपमा पनि काम गरेकी थिइन् ।