काठमाडौं
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो ११ दसमलव ७८ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुुन पाँच दसमलव २४ अंकले ओरालो लागेर २८ सय १८ दसमलव १० अंकमा झरेको छ।
क बर्गका कम्पनीह्रुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९७ अंकले ओरालो लागेर पाँच दसमलव २६ दसमलव ७५ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४६ हजार तीन सय १० पटकको कारोवारमा एक करोड एक लाख ३५ हजार दुई सय नौ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार यसदिन आज कारोवार रकम चार अर्ब २२ करोड ४० लाख १८ हजार दुई सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये पाँच वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, फाईनान्स, होटल तथा पर्यटन, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि ओरालो लागेका छन् ।