काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूको लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरूमा विभिन्न छुट प्याकेजसहित ३७ डेज अफ ह्यापीनेस अफर ल्याएको छ । बैंकका अनुसार अफरअन्तर्गत नबिल बैंकले असार २८ गते सोमबारदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरूमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आई कार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गतेदेखि भाद्र एक गतेसम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरूमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरूले खाता खोली अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३५ वटा शाखा, एक सय ८३ वटा एटीएम काउन्टर र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।