काठमाडौं । सेयर बजार परिसुचक तीन हजार अंकको नजिक पुगेको छ । अघिल्लो दिन ९७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो दिन आज सोमबार पुन १३ दसमलव ९७ अंकले उकालो लागेर दुई हजार नौ सय ९४ दसमलव ५८ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि भने आज शुन्य दसमलव शुन्य दुई अंकले घटेर पाँच सय ६० दसमलव ९४ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख सात हजार सात सय ९७ पटकको कारोवारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपमुहहरु मध्ये आठ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने पाँच वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैक, ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन र लघुबित्त उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।