काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार यही साउन ८ गते शुुक्रबार झापा जिल्लाको भद्रपुर न.पा.वडा नं. १५ का वर्ष २४ का सुमन राजवंशीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को विवरण किर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको सूचनाको आधारमा सुमन राजवंशीलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले शुुक्रबार अपराह्न पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका ९, सिनामंगलबाट पक्राउ गरी कानुनबमोजिम कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको ब्युरोले जनाएको छ ।