काठमाडौं । सेयर बजार परिसुचकले (नेप्से) ले हालसम्म कै उच्च रेर्कड कायम गरेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुुचक ५४ दसमलव ३१ अंकले उकालो लागेर तीन हजार ५८ दसमलव ६३ अंकमा चढेको छ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज ११ दसमलव ७४ अंकले उकालो लागेर पाँच सय ७४ दसमलव दुई अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीह्रुको सेयर किनबेच भएका छन् । जसबाट कुल एक लाख ३९ हजार तीन सय ४० पटकको कारोेवारमा चार करोड ३९ लाख ३९ हजार दुई सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम १४ अर्ब २३ करोड २४ लाख १७ हजार चार सय ७२ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहरुको सुचक ओरालो लागेका छन् बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।