काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा वाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरू विस्तार गरी कारोबार सुरुवात गरेको छ ।
वित्तीय संस्थाको शाखा कार्यालयहरू थप भएपछि १३ वटा शाखाहरू तथा ५ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत वित्तीय सेवा तथा सुविधाहरू प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह गरिने फाइनान्सले जानकारी दिएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले कोभिड १९ को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरूले जनकपुर तथा पाँचखालका नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बंैकिङ तथा रेमिट्यान्स सेवाहरूको उपलब्धता रहेको प्रोग्रेसिभ फाइनान्सले छिटै शाखारहित बंैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरूमा थप तीनवटा शाखाहरू तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।