काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पाँच दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८४ हजार छ सय रुपैयाँमध्येबाट पाँच दशमलव ५० प्रतिशतको अनुपातमा १० करोड ८६ लाख ६४ हजार चार सय रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत अर्थात् ५७ लाख १९ हजार दुई सय ३१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही साउन २४ गते बसेको एक सय ७३औं बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।