काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कार्यसमिति सदस्य पर्शुराम दाहालको सभापतित्वमा गठित कर, राजस्व तथा भन्सार समितिको विस्तार गरेको छ । समितिको सहसभापतिमा टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल र सदस्यहरूमा नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिव पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सीताराम अग्रवाल र प्रभु अधिकारी चयन भएका छन् । उनीहरूलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष मल्लले समितिमा नेपालको कर, राजस्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरूकोे प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजस्व तथा भन्सार क्षेत्रका सम्भाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।